पर्सामा अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ

लोकपथ
7
Shares

पर्सा । पर्सामा अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–८ बस्ने २० वर्षीय राजचन्द्र दास रहेका छन् ।

दासलाई अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सोही नगरपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भइरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने संदिप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?