कांग्रेस महाधिवेशन : प्रतिस्पर्धामा उत्रिएका १० नेता जो नेतृत्वमा पुग्न सकेनन्

लोकपथ
3k
Shares

काठमाडौं । भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्नेचाहिँ होइन ।

नेपाली कांग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेदवारको सधैँ चर्चा हुनेगरेको छ ।

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेसभित्र पाचौँ अधिवेशनमा आएर पहिलो पटक सभापतिका लागि चुनाव भएको पाइन्छ । अधिवेशनले वीपीलाई सभापतिमा निर्वाचित गर्‍यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिस्पर्धामा रहेका थिए ।

‘त्यसको तीन वर्षपछि सम्पन्न छैटाैँ महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिस्पर्धा भयो । उहाँले जीवनमा एक पटक मात्रै पदको आकंक्षा देखाउनुभयो, त्यो हासिकेपछि कहिल्यै पनि सभापतिको आकंक्षा देखाउनुभएन, त्याग माात्रै संघर्ष मात्रै’, नेपाली कांग्रेसका नेता होमनाथ दाहाल भन्छन् ।

गणेशमानजीले जीवनमा एक पटक त्यही बेला पदको आकांक्षा देखाए । यसपछि कहिल्यै सभापतिको आकांक्षा देखाएनन् । त्याग मात्रै संघर्ष मात्रै । कांग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो ।

‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिस्पर्धा थियो । म त दुई वर्षको मात्र थिएँ होला । जिल्ला -जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकारले मतदान गराइयो । आवाबाट (आकाशवाणी) रिर्पोट आउँथ्यो । सुवर्णजीले जित्नुभयो । गणेशमानजी हार्नुभयो ।’ राजनीतिक विश्लेषक विनोदकुमार भट्टराई भन्छन् ।

कांग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशनबाट नै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भएलगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगाह जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मुलनको घोषणा त्यहीँबाट गरे ।

होमनाथ दाहाल बताउँछन्, ‘सुवर्णजीले आफ्नो १२ हजार विगाह जग्गा किसानलाई दिनुभयो र बिर्ता उन्मुलन कार्यक्रम सुरु गर्नुभयो । त्यसपछि देशभर बिर्ता उन्मुलनको आन्दोलन सुरु भयो ।’

अर्कोतिर सभापतिका उम्मेदवार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेदवारी नै दिएनन् । त्यसपछि सातौँ महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर कांग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो ।

वीपीविरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिए । त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । दलहरुमाथि प्रतिबन्ध लगाइएको राजनीतिक विश्लेषक प्रा.डा. राम थपलिया बताउँछन् ।

‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ । त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् ऊ सभापति हुन्छ । हार्नेहरुको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ ।

यसलाई कांग्रेसले राम्ररी हेर्नुपर्छ । अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ । त्यसैले एक अर्कोको अस्थित्व स्वीकार गरेर जानुपर्छ’, राजनीतिक विश्लेषक थपलिया भन्छन् ।

त्यसैले आठौँ महाधिवेशनका लागि ३० वर्ष कुर्नुपर्‍यो । झापामा सम्पन्न आठाैँ महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए । नवौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिस्पर्धा भयो । दशौँ महाधिवेशनमा कोइरालालाई शेरवहादुर देउवा र रामहरी जोशीले चुनौती दिए ।

एघारौँ महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिए ।

यसबीच नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो । बाह्रौँ महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए ।

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौँ महाधिवेशनबाट कांग्रेसको सभापति बने । कांग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० नेता सभापति हुन सकेनन् । तर पनि कांग्रेसको छैटाैँ अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम कांग्रेसजनबीच सधैँ भइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?