काठमाडौं । मन्थलीको कुनौरीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो दुर्घटना हुँदा सवार ४ जनामध्ये ३ जनाको मृत्यु भएको र एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मन्थलीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले लोकपथलाई दिएको जानकारीअनुसार बिहान मन्थली नगरपालिका-६ स्थित कुनौरी भीरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा पेम्बा शेर्पा रहेका छन् भने अन्य दुई जनाको पहिचान खुल्न नसकेको श्रेष्ठको भनाइ रहेको छ । त्यसैगरी घाइते भएका बालकलाई मन्थलीको तामाकोसी अस्पतालबाट काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।
‘तीन जना मृतकमध्ये चालक लाक्पा शेर्पाको मात्रै पहिचान खुलेको छ । थप अनुसन्धान भइरहेको छ । त्यस्तै घाइते १२ वर्षीय पेम्बा शेर्पालाई मन्थलीको तामाकोसी अस्पतालबाट काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ’, उनले लोकपथसँग भने ।
उक्त बोलेरो सडकबाट अनियन्त्रित भई ५/७ सय मिटर तल खसेको उनको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया