३१ आश्विन २०७८, आईतवार

नेपाल टेलिकमले कलर रिङ ब्याकटोनबाट हटायो कोरोना सन्देश

२०७८,भाद्र,३१,बिहीवार ११:५४


काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याकटोन (सिआरबिटी) परिवर्तन भएको छ । कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) रोकथामका लागि सचेतनामुलक सन्देश दिँदै आएको टेलिकमले सिआरबिटी परिवर्तन गर्दै राष्ट्रिय जनगणनामा सहयोग गर्न सबैलाई अपिल गरेको हो ।

उक्त कलर रिङ ब्याकटोन आजबाट परिवर्तन गरेको हो । परिवर्तित रिङ ब्याकटोनमा भाद्र ३० गतेदेखि असोज १८ गतेसम्म हुने घर परिवार सूचीकरणको कार्यमा आउने सुपरिवेक्षकलाई सहयोग गरि राष्ट्रिय जनगणना-२०७८ लाई सफल पार्न अनुरोध गरिएको छ ।

यसअघि टेलिकमले कोभिड १९ मुख्य लक्षणहरुका बारेमा जानकारी दिँदै सुरक्षित राख्नका लागि स्यानिटाइजर वा नियमित साबुन पानीले हात धुन, भीडभाडमा नजान तथा गएपनि मास्क प्रयोग गर्न, सम्भावित लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न सुझाव दिएको थियो ।

प्रकाशित मिति: २०७८,भाद्र,३१,बिहीवार ११:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गर्ने क्रममा डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार गरिएको छ।

काठमाडौं । रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन् । यो योजनाअन्तर्गत

विस्वव्यापी रूपमा डिजिटल प्रतिभा विकास गर्ने आफ्नो सीएसआर कार्यक्रमअनुरुरूप हुवावेले अन्डर ग्रेजुएत लेभलका आईसीटी विद्यार्थीहरु लक्षित सीड्स फोर द फ्युचर

बिहीबारदेखि लागू हुनेगरि एनसेलले चाडपर्व लक्षित आकर्षक योजना सार्वजनिक गर्दैछ । यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथी र आफन्तहरुले मलेसिया,

ताजा समाचार