बिहीबार सुनको मूल्य घट्यो

लोकपथ
1k
Shares

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ ।

आज छापवाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?