राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीको भेट

लोकपथ
260
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

बुधबार राती पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास पुगेका थिए । भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ । तर राष्ट्रपति कार्यालयले भने सो बारेमा कुनै पनि कुरा खुलाएको छैन ।

बुधबार कार्यकर्ताहरुलाई सम्बोधन गर्न बुटवल पुगेका ओली निजी निवास बालकोट नगई सिधै शीतलनिवास पुगेका थिए । राष्ट्रपति भण्डारी र ओलीबीच करिब २ घण्टा भेटघाट भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?