संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुरका भाइ पनि पक्राउ

लोकपथ
4.5k
Shares

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना अनुसन्धानका लागि तानिएका छन् । घटनाका मुख्य आरोपी लोकबहादुरका भाइ नरेश कार्कीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गत भदौ २१ गते संखुवासभा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्या गरिएकोमध्ये एक जनाको मोबाइल हराएको र उक्त मोबाइल नरेशको साथमा फेला परेपछि उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

प्रहरीका अनुसार बुहारी रञ्जना कार्कीको मोबाइल नरेशको साथबाट बरामद गरिएको हो । लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोतको आशंका छ ।

घटनामा संलग्न रहेको अभियोगमा लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरि भदौ २७ गते सार्वजनिक गरिसकेको छ । कार्कीले चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको र त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको प्रहरीसामु स्वीकार गरिसकेका छन्। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?