बेसिकतासमाथि बोरुसिया डर्टमन्डको सहज जित

काठमाडौं। युईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधवार भएको समूह ‘सी’को खेलमा बोरुसिया डर्टमन्डले बेसिकतासलाई २-१ गोलले पराजित गरेको छ।

बेसिकतासको घरेलु मैदान भोडाफोन पार्कमा खेलिएको खेलमा पाहुना टोली बोरुसिया डर्टमन्डले खेलको २०औं मिनेटमा नै अग्रता लिएको थियो। डर्टमन्डका लागि मिडफिल्डर जुड बेलिङघमले गोल गरेका थिए।

Besiktas 1-2 Borussia Dortmund: Player ratings as BVB get off to winning  start

पहिलो हाफको अतिरिक्त समयमा डर्टमन्डले अग्रता दोब्बर बनायो। यसपटक भने डर्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हाल्यान्डले गोल गर्न सफल भएका थिए।

पहिलो हाफमा दुई गोलले पछि परेको पाहुना टोलीले दोस्रो हाफको प्रदर्शनमा केही सुधार गर्यो। फलस्वरूप खेलको इन्जुरी समयमा बेसिकतासले १ गोल फर्कायो।

A practical Dortmund conquers Istanbul (1-2) - Pledge Times

घरेलु टोलीका लागि फ्रान्सिस्को मोन्टेरोले गोल गर्न सफल भएका थिए। यद्यपि खेलमा जित भने डर्टमन्डको पक्षमा नै गयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?