हालरको शानदार प्रदर्शनमा आयाक्सद्वारा स्पोर्टिङ लिजबन पराजित

काठमाडौं। युईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति खेलिएको समूह ‘सी’को खेलमा आयाक्सले स्पोर्टिङ लिजबनलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

स्पोर्टिङको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली आयाक्सले दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो। स्ट्राइकर सेबास्टियन हालरले आयाक्सको खाता खोलेका थिए।

Ajax visit Sporting CP and throw a goal party

खेलको ९औं मिनेटमा हालरले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए। तर खेलको ३३औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो। स्पोर्टिङका लागि पाउलिन्होले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।

पहिलो हाफको ३९औं मिनेटमा आयाक्सले अर्को गोल थप्यो। यसपटक भने अर्का फरवार्ड स्टेभन बरघुइसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

Sporting Lisboa vs Ajax (1-5) resumen y estadísticas del partido

दोस्रो हाफमा आयाक्सले अर्को दुई गोल थप्यो। आयाक्सका स्ट्राइकर हालरले खेलको ५१औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गर्न सफल भए। त्यस्तै खेलको ६३औं मिनेटमा हालरले व्यक्तिगत चौथो गोल गर्दा आयाक्सले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?