अन्तिम मिनेटको गोलमा इन्टरमाथि रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौं। युईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको समूह ‘डी’को खेलमा सर्वाधिक च्याम्पियन्स लिग विजेता रियल मड्रिडले इन्टर मिलानलाई १-० गोलले पराजित गरेको छ।

इन्टरको घरेलु मैदान सान सिरोमा खेलिएको खेलमा दुवै टोलीले गोलरहित बराबरीको पहिलो हाफ खेलेका थिए। खेलमा दुवै टोलीले शानदार प्रदर्शन गर्दा पनि गोल भने हुन सकेको थिएन।

Inter Milan 0-1 Real Madrid: Player ratings

दोस्रो हाफमा पनि दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दा निर्णायक गोल भने गर्न सकेका थिएनन्। यद्यपि खेलको ८९औं मिनेटमा पाहुना टोली रियल मड्रिडले खेलमा अग्रता लिन सफल भयो।

रियलका लागि प्रतिस्थापन भएर मैदान प्रवेश गरेका स्ट्राइकर रोड्रिगोले निर्धारित ९० मिनेटको खेल अन्त्य हुन मात्र १ मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै रियललाई जित दिलाउन सफल भए। यससँगै रियलले च्याम्पियन्स लिगमा शुखद सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?