म्यान्चेस्टर सिटीद्वारा लाइपजिगको पोस्टमा आधा दर्जन गोल

काठमाडौं। युईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति खेलिएको समूह ‘ए’को खेलमा म्यान्चेस्टर सिटीले आरबी लाइपजिगलाई ६-३ गोलले पराजित गरेको छ।

इंग्लिश प्रिमियर लिग च्याम्पियन सिटीको घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा घरेलु टोलीले पहिलो हाफको १६औं मिनेटमा रक्षक नाथन आकेको गोलमार्फत खेलमा अग्रता लिएको थियो। पहिलो हाफको २८औं मिनेटमा लाइपजिगका नोरडी मुकिएलेले आत्मघाती गोल गर्दा सिटीको अग्रता दोब्बर भयो।

Manchester City 6-3 RB Leipzig Highlight - SportVectru

पहिलो हाफको अन्त्य तिर लाइपजिग खेलमा फर्कियो। जर्मन क्लबका लागि क्रिस्टोफर एनकुनकुले खेलको ४२औं मिनेटमा गोल गर्न सफल भएका थिए। यद्यपि पहिलो हाफको अतिरिक्त समयमा सिटीले अग्रता फेरि बढायो। सिटीका लागि फरवार्ड रियाद माहरेजले पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए।

तर खेलको ५१औं मिनेटमा एनकुनकुले लाइपजिगका लागि व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए। खेलको ५६औं मिनेटमा सिटीका नयाँ खेलाडी ज्याक ग्रीलिसले गोल गर्न सफल भए।

Man City 6-3 RB Leipzig highlights and reaction after thumping Champions  League win - Manchester Evening News

यता लाइपजिगका एनकुनकुले खेलको ७३औं मिनेटमा आफ्नो ह्याट्रिक कुरा गर्न सफल भए। त्यसको दुई मिनेटमै सिटीले पुनः गोल थप्यो। यस पटक सिटीका फूल ब्याक जाओ कान्सेलोले गोल गरेका थिए।

खेल अन्त्य हुन मात्र ५ मिनेट बाँकि हुँदा सिटीका स्ट्राइकर ग्याब्रियल जिससले गोल गर्न सफल भए। उनले खेलमा सिटीको लागि छैटौं गोल गर्दा सिटीले च्याम्पियन्स लिगमा शुखद सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?