मेस्सी, नेयमार र एमबाप्पे सम्मिलित पीएसजी बराबरीमा रोकियो

काठमाडौं। युईएफए च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको समूह ‘ए’को खेलमा दावेदार मानिएको पीएसजीले क्लब ब्रुजसँग १-१ गोलको बराबरी खेल खेलेको छ।

बेल्जियन क्लब ब्रुजको घरेलु मैदानमा खेलिएको खेलमा फ्रेन्च टोली पीएसजीले यस सिजनमा पहिलो पटक आफ्ना प्रमुख खेलाडी मेस्सी, नेयमार र एमबाप्पेलाई सँगै मैदानमा उतारेको थियो। यद्यपि पीएसजी बराबरीमै रोकियो।

Brugge vs PSG: Club Brugge vs Paris Saint-Germain LIVE - Score and latest updates Champions League 21/22 | Marca

खेलको सुरुवाती १५औं मिनेटमा पाहुना टोली पीएसजीले अग्रता लिएको थियो। पीएसजीका लागि एमबाप्पेको पासमा मिडफिल्डर एन्डर हरेराले गोल गर्न सफल भएका थिए।

तर खेलको २७औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो। ब्रुजका लागि हान्स भानाकेनले बराबरी गोल गर्न सफल हुँदा पहिलो हाफ १-१ गोलको बराबरीमा अन्त्य भएको थियो।

Messi and PSG held by Brugge; City, Liverpool, Madrid win | Sports | qctimes.com

खेलमा पीएसजीभन्दा धेरै शट प्रहार गरेको ब्रुजले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि निर्णायक गोल भने गर्न सकेन। उता पीएसजीले पनि बल पोसेसनमा राम्रो कब्जा जमाएपनि खासै राम्रो प्रदर्शन गर्न नसक्दा खेल बराबरीमा सकिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?