आज प्रचण्डलाई धेरै कुरा याद आयो

लोकपथ
308
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच धेरै कुरा मिल्दैनन् । यही बेमेलले उनीहरू आफैँले बनाएको पार्टीमा एकसाथ धेरै लामो समय सँगै बस्न सकेनन् ।

तर यी दुवै कमरेड नेताहरूबीच केही समानता पनि छ । त्यो हो, दुवैले दिने सार्वजनिक मन्तव्यमा अति नाटकीयपन ।

ओलीको बोलीमा नाटकीयता उनी प्रधानमन्त्री हुँदा पनि थियो, अहिले पनि छ । उनले साँच्चै हो कि जस्तै गरी बोल्ने सफेद झुठ र नाटकीय शैलीबारे आम जनता जानकार नै छन् ।

बेला–बेला ओलीको यही शैलीको झल्को दिनेगरी प्रचण्ड पनि प्रकट भइरहन्छन् । यस्तै भयो बुधबार पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसमा ।

माओवादीको पार्टी मुख्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्ड बडो नाटकीय शैलीमा प्रस्तुत भए ।

त्यहाँ उनले राष्ट्र सम्झिए । जनता सम्झिए । शासकीय स्वरूप सम्झिए । निर्वाचन प्रणालीको उनलाई एक्कासि याद आयो ।

अझ उनलाई धेरै वर्षपछि विकृत बुर्जुवावादी याद आयो । यसविरुद्घ लड्नका लागि जानुपर्ने ठाउँ भनेको सडक नै हो भन्ने कुरा पनि उनको स्मृतिमा ताजा भएर आयो ।

सत्ता साझेदार घटकका मुखिया प्रचण्डलाई संविधान संशोधनका लागि सडकसंघर्षमा जानुपर्ने अवस्था आउन सक्ने कुरा आज अकस्मात याद आयो ।

दुई पटक आफू यो मुलुकको प्रधानमन्त्री भएको कुरा पनि प्रचण्डलाई आज ताजा भएर आयो । प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि संसदमा प्रस्ताव नै लगेको पनि उनलाई आजै याद आयो ।

तर प्रतिगामी र दक्षिणपन्थी शक्तिहरूको सो प्रस्ताव संसदमा छलफल गर्न समेत नदिएको कुरा पनि उनले भुलेका रहेनछन् । त्यो पनि उनलाई आजकै दिन याद आयो ।

प्रचण्डले पार्टीमा व्यक्तिगत स्वार्थको जगजगी चलेको आजै थाहा पाए । आफैँले नेतृत्वको लगाम समातेको पार्टीमा गुटहरू बन्ने गरेकोमा चिन्ता गर्नुपर्छ भन्ने कुरा पनि उनले झलझली सम्झिए ।

आज प्रचण्डलाई आफ्नो पार्टी पुनर्निर्माणको महान अभियानतिर जान खोजेको पनि याद आयो । अब जनतामा गएर माफी माग्दै नयाँ ढंगले पार्टीलाई अघि बढाउनुपर्ने बेला आएको पनि आजै याद आयो ।

प्रचण्डलाई आज एकसाथ धेरै कुरा याद आयो । बिर्सिसकेका धेरै मुद्दा उनका स्मृतिमा आज बौरिएर आए । उनले थाहा पाए जनता र कार्यकर्ता बिग्रिएका होइन रहेछन् । त्यसो भए बिग्रिएको को त ?

यो प्रश्नको जवाफ पनि प्रचण्डलाई आजै याद अयो । उनले भने, ‘हामी माथिल्लो तहका नेता नै बिग्रिएका रहेछौँ ।’

गुट बनाउँदै हिँड्न रमाउनेमा आफूजस्तै माथिका नेताहरू रहेको पनि उनलाई आजै याद आयो । उनले आजै सम्झिए, ‘तलका होइन भन्ने साबित भयो ।’

प्रचण्डले आज पोष्टबहादुर बोगटीलाई पनि सम्झिए । उनले बोगटीको यादमा पोहोर साल आजकै दिन भनेका थिए, ‘नेपाल राष्ट्र र नेपाली जनताको रूपान्तरणमा नेता बोगटीले खेलेको भूमिका सदा स्मरणीय रहिरहनेछ ।’

नेपाली राजनीतिमा योभन्दा बढी पाखण्ड अर्को के हुन सक्छ ? प्रचण्डभन्दा अर्को पाखण्डी नेता को हुन सक्छ ?
प्रचण्डको भाषण सुनेर जैनेन्द्र जीवनलाई पनि आज केही कुरा याद आयो ।

अनि उनले ट्वीट गरे:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?