असोज १ गतेदेखि देशभरका फिल्म हल खुल्दै

लोकपथ
56
Shares

काठमाडौं । असोज १ गतेदेखि देशभरका फिल्म हल खुल्ने भएका छन् ।

मोफसलका ठूला फिल्म बजारहरु पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, बुटवल र हेटौंडाका फिल्म हलहरु असोज १ गतेदेखि खुल्न लागेका हुन् ।

देशभरका फिल्म हलहरुले कोभिड–१९ प्रोटोकल पालना गर्दै खुलाउनको लागि अनुमति दिइएको छ ।

असोज १ गतेदेखि फिल्म हल खुल्ने भएपछि फिल्मको लाइनअप तयार पार्न चलचित्र संघ र चलचित्र निर्माता संघको बैठक आज बस्दैछ । बैठकले दशैं र तिहारको लाइनअप तयार पार्ने जनाइएको छ ।

गतसाता नै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले पनि ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन अनुमति दिइसकेका छन् । तर, मोफसलमा भने ५० प्रतिशत अकुपेन्सी भनिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?