काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले संविधानमाथि थिचोमिचो गर्नेहरुले नै संवैधानिक सर्वोच्चताको कुरा गरिरहेको टिप्पणी गरेका छन् ।
सांसद देवकोटाले सामाजिक सञ्जालमा लेख्दै पहिले संविधानको धज्जी उडाउनेले अहिले संवैधानिक सर्वोच्चताको कुरा गर्ने गरेको टिप्पणी गरेका हुन् ।
‘जसले संविधान थिचोमिचो पारे । अहिले उनीहरुनै संवैधानिक सर्वोच्चताको कुरा गर्दैछन । लाजपचाएकाहरु !’ उनले भनेका छन् ।
डा. देवकोटाले दुई दुई पटक संसद विघटन गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले सांसदहरुप्रति लक्षित गरेको बुझ्न सकिन्छ । ओलीले पुस ५ र जेठ ७ गते गरेको प्रतिनिधि सभा विघटनलाई समर्थन गरेका थिए । तर अहिले तीनै सांसदहरु प्रतिनिधि सभामा निरन्तर अवरोध गरी संवैधानिक सर्वोच्चताको कायम गर्ने माग गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया