११ असार २०७९, शनिवार

धितोपत्र बजार : आज पनि ओरालो

२०७४,आश्विन,२३,सोमवार १०:३९

0
Shares

काठमाडौँ, २३ असोज ।धितोपत्र बजार आज पनि ओरालो लागेको छ ।दशैँको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८.१२ अंकले ओरालो लागेर एक हजार ५०१ बिन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५३ अंकले घटेको छ । आज अन्य समूहबाहेक अरु सबै समूहका शेयर ओरालो लागेको छ । कूल १५२ कम्पनीको छ लाख ४३ हजार पाँच कित्ता शेयर रु ३१ करोड ६८ लाख छ हजार ७५८ मूल्यमा कारोबार भएको छ ।स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ । बैंकिङ नौ, व्यापार ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ ।राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जगदम्बा मोटर्सले असार ९ गते पर्पल हेज रक बारमा आयोजति औपचारकि समारोह मार्फत BS-VI मोडलको TVS Apache RTR 160 4V

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आइएमई पे” ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

काठमाडौं । सुनको मूल्य शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेकोे छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमयदर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ ।

ताजा समाचार

आजको मौसम : हल्कादेखि मध्यम वर्षा
 २०७९,असार,११,शनिवार ०८:४१
बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६