संविधान दिवसमा विरोधका कार्यक्रम गर्न लोसपाले गर्‍यो परिपत्र (विज्ञप्तिसहित)

लोकपथ
195
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न विरोधका कार्यक्रम आयोजना गरेको छ ।

नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आइरहेका लोसपाले यसअघिका वर्षहरुमा समेत संविधान दिवसमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ ।

बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष महन्थ ठाकुरले सो दिन विभिन्न जिल्लामा कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचार गोष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रम गर्न परिपत्र गरेका छन् ।

उक्त संविधानलाई अपूर्ण मान्दै आएको लोसपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरु सम्बोधनार्थ प्रत्येक वर्ष असोज ३ गते विरोधका कार्यक्रमहरु गर्दै आएका छौँ र यसवर्ष पनि आ(आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरुमा कोभिड १९ लाई मध्यनजर गरी आफू अनुकुल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचार गोष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रमहरु आयोजना गरी असोज ३ गते विरोधका कार्यक्रमहरु गर्न सबै जिल्लाहरुलाई आग्रह गर्दछौँ । ’जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघिका वर्षहरुमा समेत संविधान दिवसका अवसरमा लोसपाले विरोध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?