काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ३६०, भक्तपुरमा ६३ र ललितपुरमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा १ हजार ३ सय ३२ जनामा पीसीआर र ४ सय २८ जनामा एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ८ लाख ६८ हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै हालसम्म नेपालमा ७ लाख ४३ हजार ५ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार २ सय २० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
प्रवक्ता पौडेलका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या १० हजार ९ सय ९१ पुगेको छ ।
हाल नेपालका ११ जिल्लामा मात्रै ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । योसँगै हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्यामा समेत कमि आएको छ ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ३ सय ३ रहेको प्रवक्ता पौडेलले बताए । हालसम्म नेपालमा ६० लाख ४ हजार बढीले कोरोनाविरुद्ध पहिलो चरणको खोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया