नेपालमा घट्दै सक्रिय कोरोना संक्रमित, कस्तो छ पछिल्लो २४ घण्टाको संक्रमणदर ?

लोकपथ
469
Shares

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ ।

योसँगै हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ३ सय ३ रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार ८ सय ४४ जनाको परीक्षण गर्दा १ हजार ३ सय ३२ जनामा पीसीआर र ४ सय २८ जनामा एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ८ लाख ६८ हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै हालसम्म नेपालमा ७ लाख ४३ हजार ५ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार २ सय २० जना कोरोना संक्रमणमुक्त भएका हुन् । प्रवक्ता पौडेलका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या १० हजार ९ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३६०, भक्तपुरमा ६३ र ललितपुरमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल नेपालका ११ जिल्लामा मात्रै ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?