विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।
नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिई हतार हतारमा मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन्।
आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको लागि छलफल भइरहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।
स्रोतका अनुसार मन्त्री हुनेमा संखुवासभाका तुलसी न्यौपाने, उदयपुरका बिमल कार्की, मोरङकी यशोदा अधिकारीलगायतको नाममा छलफल भइरहेको छ।
प्रदेशसभामा बहुमत सिद्ध गर्न ४७ सांसदको आवश्यकता पर्नेमा अहिले विपक्षी गठबन्धनमा ५० सांसद छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया