जब अमिताभ बच्चनले श्रीदेवीलाई मनाउन गुलाबले भरिएको ट्रक पठाए

लोकपथ
780
Shares

काठमाडौं । बलिउड इन्डस्ट्रीमा स्टारहरुको जीवनसँग सम्बन्धित धेरै स्टोरीहरु छन् । आफ्ना करियरका दौरान उनीहरुको लभ स्टोरी, पर्सनल लाइफ, स्ट्रगललगाएतका स्टोरीहरु बेलाबेला सार्वजनिक हुने गरेका छन् ।

आज हामी बलिउडका स्टार अमिताभ बच्चन र दिवंगत अभिनेत्री श्रीदेवीकोबीच भएको अनौठो किस्साको चर्चा गर्नेछौं ।

बलिउडमा एक समयमा फिल्म बनेको थियो ‘इन्क्लाबजुन’ सुपर हिट भएको थियो । इन्क्लाबजुनमा अमिताभ बच्चन र श्रीदेवीले अभिनय गरेका थिए ।

उक्त समयमा श्रीदेवी सुपर्स्टार थिइन् । उनले अभिनय मात्रै गरे पनि फिल्म हिट हुने गर्थे ।

श्रीदेवी

मुकुल आनन्दले अमिताभ बच्चनसँग फिल्म ‘खुदा गवाह’ को स्क्रिप्ट लिएर पुगे, अमिताभले मुकुल आनन्दलाई यस फिल्मको नायिका श्रीदेवी हुनुपर्छ भनेर जोड दिएका थिए । यसअघि श्रीदेवी र अमिताभ बच्चनले इन्क्लाब र आखिरी रिश्ता फिल्ममासँगै काम गरेका थिए ।

त्यो समयमा अमिताभलाई थाहा थियो कि श्रीदेवी उनीसँग काम गर्न मान्दिनन् । यस्तो स्थितिमा, अमिताभले श्रीदेवीलाई फिल्ममा उनीसँग काम गर्न मनाउनुभन्दा केही विकल्प थिएन ।

अमिताभ बच्चन र श्रीदेवी

यस्तो स्थिति अमिताभ बच्चनले एक जुक्ती लगाए, त्यतिबेला श्रीदेवी फिरोज खानसँग एउटा गीतको सुटिमा थिइन्। अमिताभले गुलाबले भरिएको ट्रक त्याहाँ पठाए ।

गुलाबले भरिएको ट्रक आफ्नोलागि आएपछि श्रीदेवी प्रभावित भएकी थिइन् । त्यसपछि श्रीदेवी उनीसँग फिल्म गर्न राजी भइन् । तर, उनले एउटा सर्त पनि राखिन्, सर्तमा उनले उक्त फिल्ममा डबल रोल गर्ने बताइन्।

श्रीदेवी यस फिल्ममा आमा र छोरी दुबैको भूमिका निभाउन चाहन्थिन्। यस प्रकार उनी पहिलो नायिका थिइन् जसले अमिताभको फिल्ममा दोहोरो भूमिका निभाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?