मुखको स्वाद बिग्रिएमा यसरी फर्काउन सकिन्छ

लोकपथ
377
Shares

कहिलेकाहीँ जे खानेकुरा खाए पनि नमीठो लाग्ने गर्छ । यस्तै गरेर कहिलेकाहीँ जे खानेकुरा खाए पनि त्यसको स्वाद नै थाहा पाइँदैन । यस्तो अवस्थामा जिब्रो बाक्लो भएको जस्तो लाग्ने, दाँतबाट दुर्गन्ध आएको जस्तो हुने र जस्तो किसिमको खानेकुरा खाए पनि स्वादै नभएको जस्तो समेत हुने हुन्छ ।

मुखको स्वाद बिग्रिने धेरै किसिमका कारणहरूले हुन्छन् । जस्तो गिजा सुन्नियो भने, मुख सुख्खा भयो भने पनि खाएको खानेकुराको स्वाद हुँदैन । यस्तो अवस्था भएमा धेरैलाई चिन्ता समेत हुने गर्छ । यदि तपाईँलाई पनि कहिलेकाहीँ खाएको खानेकुराको स्वाद नआउने अर्थात् मुख बिग्रियो भने तल उल्लेख गरेका केही उपायहरू अपनाउनुभयो भने धेरै नै राहत मिल्नेछ ।

दालचिनीको धुलो

मुखको स्वाद बिग्रियो भने धेरै नै औषधीय गुण भएको दालचिनीको धुलोको प्रयोग गरेर यो समस्याको समाधान गर्न सकिन्छ । दालचिनीको धुलोले मुखको बिग्रिएको स्वादको समस्या समाधान गर्नुका साथै मुखका अन्य किसिमका समस्याहरू पनि हटाउने क्षमता राख्छ । दालचिनीमा रहेको एन्टिअक्सिडेन्टले यस्ता किसिमका समस्याहरू समाधान गर्न धेरै नै मदत गरिरहेको हुन्छ ।

यसको लागि एक गिलास तातो पानीमा आधा चम्चा दालचिनीको धुलो, आधा चम्चा कागतीको रस हालेर दैनिक दुई पटक कुल्ला गर्ने गर्नुपर्छ । यसरी नियमित कुल्ला गरेको केही दिनमै तपाईँको मुख बिग्रिएको समस्या समाधान भएर जान्छ ।

तेल लगाउने

सुन्दा तपाईँलाई अचम्म लाग्यो होला । मुखको स्वाद बिग्रिएको छ भने मुखमा तेल लगाएर पनि स्वादलाई फर्काउन सकिन्छ । साथै यो प्रक्रियाले मुखबाट आउने दुर्गन्ध, गिजा सुन्निएको समस्या पनि समाधान भएर जान्छ ।

यसको लागि नरिवलको दुई चम्चा तेललाई मुखमा हालेर चारैतिर घुमाउने । यसरी ३–४ मिनेट मुखमै घुमाएपछि उक्त तेललाई थुकिदिने र ब्रस गर्ने । यो कार्य नियमित गर्दा मुखको विभिन्न समस्याका साथै स्वाद बिग्रिएको समस्या समेत समाधान हुन्छ ।

बेसार

शरीरका अधिकांश समस्याहरू समाधान गर्न बेसार नै सबैभन्दा भरपर्दो साधन हो भन्ने कुराको ज्ञान धेरैलाई हुनसक्छ । त्यसैले भान्छामा सधैँ प्रयोग हुने बेसारलाई धेरै किसिमका समस्या समाधान गर्न प्रयोग हुदैं आएको छ ।

यदि मुखको स्वाद बिग्रिने समस्या देखा परेको छ भने बेसारको प्रयोग पनि भरपर्दो मानिन्छ । यदि मुखको स्वाद बिग्रिने समस्या देखा परेको छ भने एक चम्चा कागतीको रसमा एक चम्चा बेसार हालेर पेस्ट बनाउने । उक्त पेस्टलाई दाँत, जिब्रो र मुखको वरिपरि राम्ररी लगाउने र केही बेरपछि मनतातो पानीले कुल्ला गरेर फ्याँक्ने । यो कार्य दैनिक जसो गर्दा मुखको स्वाद बिग्रिने समस्या समाधान हुनुका साथै मुखमा भएका अन्य समस्याहरू पनि समाधान हुने गर्छ ।

घ्यू कुमारी

घ्यू कुमारीको प्रयोग धेरैले सौन्दर्य बढाउन गर्ने गरेको पाइन्छ । तर ध्यू कुमारीले धेरै किसिमका अन्य समस्याहरूलाई समेत समाधान गर्न सक्छ । यदि मुखको स्वाद बिग्रने समस्या देखिएमा ध्यू कुमारीको प्रयोग गरेर स्वाद थाहा पाउने अवस्थामा ल्याउन पनि सकिन्छ ।

यदि मुखको स्वाद बिग्रिएको छ भने ताजा घ्यूकुमारीको एक चम्चा जुसलाई मुखभित्र हालेर दायाँबायाँ चलाएर केही बेर राख्ने । केही मिनेट पछि उक्त जुसलाई थुक्ने र मन तातो पानीले कुल्ला गर्ने । यो कार्य केही दिन गर्दा मुखको स्वाद बिग्रिएको समस्या समाधान भएर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?