काठमाडौं । नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाल ठगी आरोपमा पक्राउ परेका छन् ।
कटुवाललाई अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१ घर भएका कटुवालले जग्गाको कारोबारमा ठगी गरेको महाशाखाले जनाएको छ ।
कटुवालले एक व्यक्तिसँग जग्गााको बैना लिई सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना समेत फिर्ता गरेका थिएनन् ।
नुवाकोट तारकेश्वरका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार बैना लिएका कटुवालले मोरङस्थित केराबारीको जग्गा बेच्न उक्त बैना लिएका थिए । तर कटुवालले जग्गा र बैना रकम अलपत्र पारेपछि अधिकारीले कटुवालविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । त्यस्तै उक्त जग्गा कारोबारमा संलग्न रहेका भनिएका मोरङ केराबारीका धीरजकुमार दाहाल भने फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया