यामी गौतमको खुलासा : तीन घण्टाको मेकअपपछि बल्ल बन्थिन् भूत

लोकपथ
2.7k
Shares

काठमाडौं । बलिउड अभिनेत्री यामी गौतम बिहेपछि लगातार चर्चामा छिन्। सामाजिक सञ्जालमा आफ्नो गल्यामरस लुक्सका कारण पनि उनी निकै चर्चामा रहने गरेकी छिन् । हालसालै यामी गौतमले आफ्नो तस्बिर सेयर गरेकी छिन्।

उक्त तस्बिरमा यामीको लुक्स डरलाग्दो छ। भर्खरै उनको फिल्म भूत पुलिस रिलीज भएको छ। यामीले फिल्ममा मायाको भूमिका निर्वाह गरेकी छिन्। यामीले यो भूमिका निभाउन धेरै मेहनत गरेकी छिन्। उनले आफैंले इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गरेर यो खुलासा गरेका हुन्।

यामी गौतमले आफ्नो मेकअप र प्रि-शुटका केही फोटो र भिडियोहरु सेयर गरेकी छिन्, जसको लागी उनलाई तयार हुन ३ घण्टा भन्दा बढी लाग्ने गरेको थियो ।

यामी गौतम

फोटो शेयर गर्दै यामीले लेखेकि छिन्- ‘मलाई डरलाग्दो फिल्महरुमा काम गर्न मनपर्छ त्यसैले म फिल्म भूत पूलिसको लागी उत्साहित थिए, यद्यपि यो लुक मेरो लागी त्यति सजिलो थिएन। मेकअप गर्न ३ घण्टा र यो मेकअप हटाउन ४५ मिनेट लाग्थ्यो । मलाई माया दिनुभएकोमा सबैलाई धन्यवाद।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?