२०७८,श्रावण,११,सोमवार

धितोपत्र बजार : आज पनि ओरालो

२०७४,आश्विन,२३,सोमवार १०:३९


काठमाडौँ, २३ असोज ।धितोपत्र बजार आज पनि ओरालो लागेको छ ।दशैँको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८.१२ अंकले ओरालो लागेर एक हजार ५०१ बिन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५३ अंकले घटेको छ । आज अन्य समूहबाहेक अरु सबै समूहका शेयर ओरालो लागेको छ । कूल १५२ कम्पनीको छ लाख ४३ हजार पाँच कित्ता शेयर रु ३१ करोड ६८ लाख छ हजार ७५८ मूल्यमा कारोबार भएको छ ।स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ । बैंकिङ नौ, व्यापार ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ ।राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। सेयर बजारमा आज कारोबारको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा रोकिएको छ । कारोबारमा आएका २

काठमाडौं। नेपाल राष्ट्र बैंकले साउन १० गते आइतबारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आजका लागि

काठमाडौं । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको

काठमाडौं- नेपालको मुटु काठमाडौँ, अनि काठमाडौँको मुटु असन। सबैभन्दा पुरानो यो बजारका साहुजीहरू फेरिए, ग्राहकहरू फेरिए । व्यापारका कतिपय सामान

ताजा समाचार

टेलिकम सेवाको गुणस्तर खस्कियो
 २०७८,श्रावण,११,सोमवार ०७:४८