काठमाडौं । बलिउडकी चर्चित एवं लोकप्रिय अभिनेत्री दीपिका पादूकोणले हालै एउटा ठूलो उपलब्धि हासिल गरेकी छिन् । एसियाको सबैभन्दा प्रभावशाली महिलाहरुको सूची हालसालै जारी गरिएको छ ।
उक्त सूचीमा अभिनेत्री दीपिका पादूकोण टिभी र फिल्म वर्ल्डको श्रेणीमा शीर्ष स्थानमा रहेकी छिन् ।
सामाजिक सञ्जालहरुमा अनुयायीहरुको आधारमा तयार पारिएको सूचीमा गुगल सर्च र अन्य रेटिङमा दीपिका एसियाको सबैभन्दा प्रभावशाली महिला रहेकी बताइएका छ ।
दीपिकाको १.३९ मिलियन फलोअर्सहरु छन् । साथै, उनलाई हालसम्म गुगलमा ३ मिलियनभन्दा बढी पटक खोजिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया