एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको निधन, गुलरिया बजार चक्काजाम

लोकपथ
1.9k
Shares

काठमाडौं । बुधबार बिहान एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम गरिएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।

आज बिहान कृष्णपुर नगरपालिका – ५ मा अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा सवार स्थानिय कृष्ण बहादुर ऐरलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट घाईते भएका ऐरको सेती अस्पतालमा लैजाँदै गर्दा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ । ऐर साइकलमा दुध लिएर जाँदै गर्दा एम्बुलेन्सले ठक्कर दिएको थियो ।

ठक्कर दिने एम्बुलेन्स रेडक्रम उपशाखा बाँस्खेडा ऐरीको रहेको प्रहरीले जनाएको छ । उक्त एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?