‘संविधानको रक्षाका लागि सडकमा जान तयार छौँ’

लोकपथ
221
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षाका लागि आफूहरु सडकमा जान तयार रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अझै पनि क्रान्ती भनेपछि जुर्मुराउने युवा पंक्तिहरु रहेको बताए ।

बुधबार (आज) बिहान तत्कालिन पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सातौँ स्मृती दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘तर जरुरी प¥यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ । क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पार्टीभित्र पनि रहेको देखेँ । लाखौँको संख्यामा सडकमा आउन तयार रहेछन् ।’

त्यसैगरी गुट बनाउँदा फाइदा देखेको कारण नेताहरु बिग्रिएको बताए । तल जनता र मध्यस्तता गर्ने कार्यकर्ताहरु नभइ माथिका नेताहरु बिग्रिएको उनले टिप्पणी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने—‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइनन्, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौँ । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

त्यस्तै आफूहरु हिजोको बिरासतबाट विचलित जस्तो भएको बताउँदै माओवादीले आफ्नो बाटो बिराएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?