काठमाडौं । चार पटक राष्ट्रिय पुरस्कार जित्न सफल कंगना रनौतको हातमा एउटा ठूलो प्रोजेक्ट आएको छ । सीता-एक अवतार फिल्ममा कंगना रनौतले सीताको भूमिका निभाउने भएकी छिन् ।
पछिल्लो समय करीना कपूर खानले सीताको भूमिकाको लागि १२ करोड फिस मागेकी थिइन्, उनले निकै ठूलो रकमको डिमान्ड गरेपछि निर्देशकले कंगना रनौतलाई यो रोल दिने भएका छन् ।
फिल्म ‘सीता-एक अवतार’ को निर्देशन आलुक्य देसाईले गर्न लागेका हुन् । उनले सामाजिक सञ्जालमार्फत फिल्ममा कंगना रनौतले सीताको भूमिका निभाउने घोषणा गरेका हुन्।
यो फिल्मको कलाकारहरुको घोषणासँगै, प्रशंसकहरु सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्। केही फ्यानहरुले भनेका छन् कि कंगना यो भूमिकाको लागि सबैभन्दा पर्फेक्ट हुन् । कंगना रनौतले सामाजिक सञ्जालमार्फत यो खबरको सेयर गरेकी छिन् । फिल्मका लेखक केवी विजयेंद्र प्रसाद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया