आजका लागि सबैभन्दा महंगो मुद्रा कुन हो ? हेर्नुहोस् विनिमयदर (विवरणसहित)

लोकपथ
1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वाजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ५९ पैसा, बिक्रीदर ११८ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा, बिक्रीदर ३१ रुपैयाँ ५१ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

आजका लागि सबैभन्दा महंगो मुद्रा कुवेती दिनार रहेको छ । जसको खरिददर ३ सय ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ९२ रुपैयाँ ९८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?