मुग्लिन । पहिरोका कारण अवरुद्ध मुग्लिन – नौबिसे सडक सञ्चालनमा आएको छ । गएराति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका – ५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया