४ आश्विन २०७८, सोमवार

आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

२०७८,भाद्र,३०,बुधबार ०८:४४


पाँचथर । हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका – ४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका – ७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलवार फेला परेको हो ।

बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।

शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,भाद्र,३०,बुधबार ०८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन दोस्रो पटक अनिश्चित बनेको छ । जिल्लामा क्रियाशील सदस्यको विवरण नआउँदा असोज ५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार नेपाल ल्युब

काठमाडौं । नजिकिँदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ४ दशमलव २ म्याग्निच्युडको

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९