ओमानद्वारा नेपाल ५ विकेटले पराजित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तराष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा ओमानले मात्र ३१.१ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पूरा गरेको हो। खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले सबै विकेट गुमाएर मात्र १९६ रनको फितलो योगफल तयार गरेको थियो।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तोमै समेटिएका थिए। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रनको योगदान दिएका थिए। अमेरिकाविरुद्धको पहिलो खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका नेपाली ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल डक आउट भएका थिए।

ओमानका लागि तिब्र गतिका बलर बिलाल खानले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए। त्यस्तै नेस्टर धाम्बाले २ विकेट लिंदा मोहम्मद नदीमले १ विकेट लिएका थिए।

नेपालका लागि खेलको अन्त्य तिर अलराउन्डर करण केसीले केहि महत्वपुर्ण रन जोड्न सफल भएका थिए। उनले रनको योगदान दिँदा नेपालले १९६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्न सफल भएको थियो।

जवाफी ब्याटिङमा १९७ रन पछ्याउने क्रममा ओमानका लागि ओपनर जतिन्दर सिंहले सर्वाधिक १०७ रन बनाएका थिए। खेलमा फिल्डिङ गर्ने क्रममा नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले खुट्टामा चोट बोक्न पुग्दा उनले खेलमा बलिङ गर्न सकेनन्।

Jatinder Singh and Aqib Ilyas added 126 runs for the second wicket, Canada v Oman, ICC Men's T20 World Cup Qualifier, Abu Dhabi, October 25, 2019

नेपालका लागि कुशल मल्ल र करण केसीले सर्वाधिक २ विकेट लिंदा सुशन भारीले १ विकेट लिएका थिए। नेपालले ब्याटिङ र बलिङ दुवै इनिङमा राम्रो प्रदर्शन गर्न नसक्दा खेलमा पराजय भोगेको हो। त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले अब शुक्रवार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?