इरानका परराष्ट्रमन्त्री होसेनीद्वारा अफगानिस्तानमा मानवीय सहयोग उपलब्ध गराउन आग्रह

लोकपथ
78
Shares

तेहरान । इरानका परराष्ट्रमन्त्री होसेनी अमीर अब्दोलाइनले अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानमा मानवीय सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।

तस्निम समाचार संस्थाका अनुसार अफगानिस्तानका जनताहरू मानवीय सहयोगको तीव्र अपेक्षामा छन् त्यसैले अन्तरराष्ट्रिय समुदायले यस किसिमको सहयोग गर्नुपर्ने अवस्ता सृजना भएको कुरा परराष्ट्रमन्त्री होसेनीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसद्वारा अध्यक्षता गरिएको अफगानिस्तानमा मानवीय अवस्था विषयक बैठकमा सोमवार भर्चुलमाध्यमबाट सम्बोधन गर्दै इरानका परराष्ट्रमन्त्री होसेनीले त्यस किसिमको सहयोग अफनिस्तानको सीमासम्म पुर्याउन र त्यहाको आन्तरिक तथा बाह्य बजारका गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउन इरान तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । होसेनीले इरान, अफगानिस्तानमा समावेशी सरकार गठन र सुशानको पक्षमा रहेको बताएका छन् । उनले अफगानिस्तानका जनताले आफ्नो भाग्य र भविष्यको निर्णय गर्न स्वतन्त्र रहेको पनि प्रष्ट पारेका छन् ।

परराष्ट्रमन्त्री होसेनीले अफगानिस्तानमा अहिलेको जटिल अवस्था सृजना हुनुमा अमेरिका जिम्मेबार रहेको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?