नेपाल च्याप्टरमा डा पोखरेल चयन

लोकपथ
130
Shares

काठमाडौं । एसिएन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेल चयन भएका छन् ।

चेम्बरको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । एसिया र अफ्रिकाका देशको व्यवसायी तथा व्यावसायिक एशोसिएशन सदस्य रहेका सो चेम्बरको पहिलो पटक नेपाल चेप्टर सुरु भएको हो ।

आफू नेपाल चेप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुक तथा अफ्रिकाका मुलुकमा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष डा पोखरेलले बताए । पोखरेल बिजनेश टेलिभिजनका पनि प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?