नेपालद्वारा ओमानलाई १९७ रनको विजयी लक्ष्य प्रस्तुत, आशिफ १० रनले शतकबाट चुके

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीच जारी दोस्रो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले घरेलु राष्ट्र ओमानलाई १९७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

आयोजक राष्ट्र ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले राम्रो प्रदर्शन भने गर्न सकेन। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तोमै समेटिन पुगे।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रनको योगदान दिएका थिए। अमेरिकाविरुद्धको पहिलो खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका नेपाली ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आज भने डक आउट भएका थिए।

ओमानका लागि तिब्र गतिका बलर बिलाल खानले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए। त्यस्तै नेस्टर धाम्बाले २ विकेट लिंदा मोहम्मद नदीमले १ विकेट लिएका थिए।

Story Image

नेपालका लागि खेलको अन्त्य तिर अलराउन्डर करण केसीले केहि महत्वपुर्ण रन जोड्न सफल भएका थिए। उनले २१ रनको योगदान दिँदा नेपालले १९६ रनको योगफल तयार गर्न सफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?