माओवादी केन्द्रको पार्टीको विधान पारित, अरु के-के भयो निर्णय ?

लोकपथ
312
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो । बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताए ।

पार्टी प्रवक्ता महराले भने, ‘पार्टीको विधानलाई अन्तिम रुप दिनको निमित्त भाषा सम्पादन गर्ने केही साथीहरुलाई जिम्मेवारी दिइएको थियो, आज अलिकति थपघट भाषामा हेरफेर गर्नुपर्ने आवश्यक्ता रहेकोले त्यो सक्ने र केही चिज परिमार्जन गर्ने भएमा परिमार्जन गर्ने तर त्यो आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी विधान पास गरियो, पर्टीको निर्वाचन आयोग बनायौँ, २२ जनाको पार्टीको निर्वाचन आयोग बनायौँ, विष्णुप्रकाश श्रेष्ठको संयोजकत्वमा त्यसलाई के म्यान्डेट् दिइयो भने आफ्नो नियमावली राजनीतिक निर्देशिका बनाउन पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली बनाउन, निर्देशिका बनाउन जिम्मा पनि उहाँलाई त्यो आयोगले दिइयो, अर्को विभिन्न पार्टी, खास गरेर अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका कतिपय पार्टी नै एकतामा आउने गरेका विभिन्न कुराको एकता प्रक्रिया र समायोजन कसरी गर्ने कुन तहमा समायोजन गर्ने भन्ने विषयमा एउटा कार्यदल गठित भएको थियो, त्यो कार्यदलले प्रतिवेदन अहिलेसम्मको बुझाइयो, केही बाँकी छ, त्यसैले त्यो पूरा गरेर उहाँहरुलाई प्रतिवेदनको एउटा रुप दिन फेरि जिम्मा दिइयो ।’

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्छुट्टै बैठक बसेर भएपनि संसद राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?