१) नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ४ सय ४३ परीक्षणमा थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५ सय ८९ जना संक्रमणमुक्त, १९ जनाको मृत्यु
२) एमाले सांसदको नाराबाजीका बाबजुद विनियोजन विधेयक–२०७८ बहुमतले पारित, भदौ मसान्तभित्र बजेट पास गर्नुपर्ने बाध्यताका बीच सरकारले विपक्षीलाई पेलेरै अघि बढ्यो
३) झापा पुगेर एमाले अध्यक्ष ओलीले गरे माधव नेपाल र प्रचण्डको चर्को आलोचना, पतनको बाटो रोजेकाले नेपालले वडा सदस्य समेत नजित्ने भन्दै कटाक्ष
४) एमाले सांसदद्वय पाण्डे र भट्ट नेकपा एकीकृत समाजवादीमा जान पाउने, कुनै कारबाही नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश
५) सरकारले गर्यो ८५ जना सहसचिवको सरुवा, सरुवा गरिएका मध्ये अधिकंशलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी
६) सभामुखप्रति आफूहरुको आशंका कायम रहेको एमाले नेता नेम्वाङको भनाइ, प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अघि बढ्न सरकारको ध्यानाकर्षण
७) प्रतिस्थापन विधेयक समयमै पारित हुन नसक्दा भोलिदेखि सरकारी खर्च रोकिने, कर भने उठाइने
८) आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, कैयौँ बालबालिका अझै पनि विद्यालय जानबाट वञ्चित, सरकारी र गैरसरकारी संस्थाहरु बेखबर
९) दशँै नजिकिएसँगै असोज दोस्रो साताबाट अग्रिम टिकट बुकिङ खुलाउने तयारी, यातायात विभागद्वारा व्यवसायीहरुसँग छलफल
१०) प्राणघातक निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल, कुनै पनि औषधि र भ्याक्सिन नबेनेको भन्दै हेलचेक्राइँ नगर्न सुझाव
११) रुपन्देहीमा ८ महिने शिशुको घाँटी रेटी हत्या गर्ने आमाबुबा पक्राउ, छिमेकीले आफ्नो बच्चाको हत्या गरेको भन्दै प्रहरीलाई दिएका थिए उजुरी
१२) अझै रोकिएन सेयर बजारको गिरवट, १८ दशमलव ५४ अंकले बजार घट्दा ५ अर्बमा खुम्चियो कारोबार
१३) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका जाने, कोरोना महामारीको प्रभाव र त्यसका लागि आफूहरुले गर्नुपर्ने योगदानका बारेमा छलफल हुने
१४) फिफा २२ को रेटिङमा मेस्सी शीर्ष स्थानमा कायमै, रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की दोस्रो स्थानमा
१५) र युरोपेली च्याम्पियन्स लिगमा आजबाट नयाँ सिजनका ८ खेल हुँदै, बार्सिलोनालाई बायर्न म्युनिखको चुनौती, युनाइटेडले योङ ब्वाइजसँग भिड्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया