एकीकृत समाजवादी सुदूरपश्चिमको दलको नेतामा सोडारी सर्वसम्मत

लोकपथ
117
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा दीर्घ सोडारी नियुक्त भएका छन् ।

सुदूरपश्चिमको सबै भन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीको आज बसेको बैठकले सोडारीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

बैठकले सोडारीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

एमालेबाट विभाजन भई गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेश सभामा १४ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?