सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको लेखराजको चट्टानी अडान

लोकपथ
117
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा पर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् । ‘स्थायी कमिटि बैठक, केन्द्रीय कमिटि बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा एमाले हो भन्नुुभएको छ,’ प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले भने, सुुदूूरपश्चिमको इन्चार्ज कमरेड लेखराज भट्ट, ‘अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल कमरेडले सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोहीअनुसार हामी अघि बढेका छौँ ।’ नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुुनै खालको मतभेद नरहेको स्पष्ट पारेका छन् ।

‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुुलाई स्वभाविक मान्नुुपर्छ । अहिले कार्य विभाजनको प्रश्न हो । उहाँ९रावल० र मेरोबीचमा मतभेद अथवा भिन्न मत छैन, ’ उनले भने, ‘सदभावपूर्ण व्यवहार र एकअर्कालाई बुुझेरसँगै सहकार्य गरेर जाने हो ।’ एमाले सुुदूूरपश्चिमको इन्चार्जको विषयलाई लिएर पार्टीभित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले त्यसलाई प्रष्ट्याएका हुन् ।

फरक प्रसँगमा बोल्दै भट्टले सभामुुख अग्नीप्रसाद सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएको उल्लेख गरेका छन् । एमालेले पार्टीका १४ जना सांसदलाई गरेको कारवाही अगाडि नबढाएर सभामुुखले प्रचण्डको कार्यकर्ताका रुपमा काम गरेको आरोप लगाउँदै माफी नमाग्दासम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएका छन् ।

आफूू उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री भएका बेला कञ्चनपुरको दोधाराचाँदनीमा बन्ने सुुख्खाबन्दरगाहको प्रक्रियागत काम अघि बढाएको बताउँदै उनले अहिले वातावरणीय प्रभाव मूूल्याङ्कन प्रतिवेदन निर्माण भइरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?