काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६६ हजार ९ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४ सय ४३ जनाको परीक्षण गर्दा १ हजार १ सय ८० जनामा पीसीआर र ३ सय ८२ जनाको एन्टीजेन पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ७ लाख ४२ हजार ३ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार ५ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९५ दशमलव २ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै देशभर कोरोना संक्रमणको कारण थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ ।
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा २६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया