एमाले सांसदद्वय पाण्डे र भट्टले नेकपा एकीकृत समाजवादीमा जान पाउने

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी पार्टीमा जान पाउने भएका छन् ।

एकीकृत समाजवादी रोज्न पाउनुपर्ने भन्दै दुबै जनाले सर्वाेच्च अदालतमा रिट हालेका थिए । रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुन पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । पाण्डे प्रतिनिधि सभाका सांसद हुन् भने भट्ट राष्टिय सभाकी सांसद हुन् ।

माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर भदौ २ मा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेन । सर्वाेच्चले सांसदद्वयले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?