‘आत्तिनु पर्दैन, अहिले सेयर किन्ने बेला हो’

पछिल्लो समय सेयर बजारमा उतारचढाव आइरहेको छ । केहि समय अघिमात्र दिनहुँजसो नयाँ रेकर्ड राख्दै आएको नेपाली सेयर बजार अहिले प्रायजसो घटन थालेको छ । ३२ सयको विन्दुमा पुगिसकेको बजार अहिले २९ सयको विन्दुमा झरेको छ भने कारोबार रकममा पनि भारी गिरावट आइरहेको छ ।

बजार दिनहुँ घट्दा लगानीकर्ताहरुमा एक किसिमको त्रास उत्पन्न भएको छ । बजार बियरिसकै बाटोमा लागेको होकी भन्ने प्रश्न पनि उठ्न थालेको छ । कतिपय लगानीकर्ताहरु बजारमा करेक्सन मात्र आएको बताउँछन् भने कतिपय लगानीकर्ताहरु भने अब बजार बियारिसको बाटोमा लागको बताउँछन् । सामाजिक संजालभरि लगानीकर्ताहरु आ-आफ्नो तर्क व्यक्त गरिरहेका छन् ।

बजार घट्नुको मुख्य कारण नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत जारी गरेको सेयर धितो कर्जाको सीमा रहेको सेयर विश्लेषक मुक्ति अर्याल बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था थियो । अहिले सेयर बजारमा देखिएको उतारचढावको मुख्य कारण भएको उनी बताउँछन् ।

बजार घट्नुको अर्को कारण करेक्सन आउने बेला भएको र लगानीकर्ताहरुले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन देखिएको उनले बताए । करेक्सन आउँदा अपडाउन हुनु स्वाभाविक नै भएको उनको भनाई छ ।

“लगानीकर्ताहरुले आत्तिनु पर्ने अवस्था छैन । बजार अगाडि बढिरहेको छ । बजार बिस्तारै बढ्दै छ । यो त्रसित हुने बेला होइन, अब किन्न बेला हो । बजार ३२ सयभन्दामाथि नै जान्छ तलमाथि गर्ने बजारको नियम नै हो बजार बढ्छ । ” उनले भने ।

करेक्सन आएपछि सामान्य अवस्थामा पुग्न समय लाग्ने भएकोले लगानीकर्ताहरुको आत्तिन्नु पर्ने अवस्था छैन ।

आज (मंगलबार) सेयर बजारले पुन: ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज कारोबार रकम ५ अर्बमा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा पुगेको छ ।

मंगलबार कुल २२२ कम्पनीको एक करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ । आज निर्जीवन बीमा समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । यो समूहको सेयरमूल्य २.०४ प्रतिशतले घटेको हो ।

आज मनकामना लघुवित्त र सानिमा लाइफ इस्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाउँदा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?