ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

हिजो अमेरिकाविरुद्ध जित प्राप्त गरेको टोलीबाट आजको खेलमा कुनै पनि खेलाडी परिवर्तन गरिएको छैन। ओमानको अल अमेरट क्रिकेट मैदानमा अहिले ४:१५ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले इनिङको सुरुवात गर्नेछन्। भुर्तेलले अमेरिकाविरुद्ध ८४ रनको अर्धशतकिय पारी खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?