भोलिदेखि सरकारी खर्च रोकिने

लोकपथ
728
Shares

काठमाडौं । बुधबार (भोलि) देखि सरकारी खर्च रोकिने भएको छ। प्रतिस्थापन विधेयक समयमै पारित हुन नसक्दा बुधबारदेखि सरकारी खर्च रोकिने भएको हो ।

संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार बुधबारसम्ममा प्रतिस्थापन विधेयक संसदबाट पारित गरिसक्नुपर्नेछ । तर संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।

समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च बुधबारबाट रोकिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । उनका अनुसार सरकारी खर्च रोकिए पनि कर भने उठ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?