७ चैत्र २०७९, मंगलवार

महासंघका सचिव महतो सम्मानित

२०७४,आश्विन,२३,सोमवार १०:२९

0
Shares

काठमाडौँ, २३ असोज ।नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सचिव शीतलप्रसाद महतो सम्मानित भएका छन ।नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाले आज दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी राससकर्मीसमेत रहनुभएका सचिव महतोलाई सम्मान गरेको हो ।कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली पत्रकारितालाई स्वतन्त्र र मर्यादित बनाउन महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । “सरकारी सञ्चार माध्यमको आवाज समेट्ने गरी महासंघले काम गर्नुपर्छ,”–अध्यक्ष वाग्लेले भने ।राससका महाप्रबन्धक ओपेन्द्र शर्माले नेपाली पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि महासंघ लाग्नुपर्ने भन्दै आफूले पाएको पदलाई जिम्मेवारी बोधका साथ पूरा गर्न आग्रह गरे ।राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससको प्रतिष्ठालाई अझ बढाउनेगरी काम गर्नुपर्ने बताए ।महासंघका नवनिर्वाचित सचिव महतोले आफ्नो जित व्यक्तिगत जित नभइ राससको जित भएको भन्दै राससभित्र देखिएका समस्या समाधानका लागि आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा राससका प्रधान सम्पादक राजु शाक्य, प्रशासन प्रमुख सोमनाथ लामिछाने, समाचारप्रमुख सूर्यचन्द्र बस्नेत, अंग्रेजी शाखा प्रमुख एकराज पाठक, अन्तर्राष्ट्रिय शाखा प्रमुख दीपराज सन्याललगायतले महासंघको पदाधिकारीमा राससको प्रतिनिधित्व पहिलोपटक भएको भन्दै समाचार समितिभित्रका मुद्दालाई समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।महासंघ रासस शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेले महासंघले गरेका विभिन्न कार्यक्रममा सरकारी सञ्चारमाध्यामलाई समेट्नुपर्ने बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
 २०७९,चैत्र,७,मंगलवार १२:२६