धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी निरज गिरीलाई

लोकपथ
26
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् । अध्यक्ष भिष्मराज ढुंगाना निलम्बन भएपछि बोर्डका कार्यकारी निर्देशक समेत रहेका निरज गिरीले निमित्तको जिम्मेवारी पाएका हुन् ।

अर्थ मन्त्रालयले भदौ २८ गते सोमबार, गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य संचालन गर्ने र बोर्ड संचालन गर्ने गरि जिम्मेवारी दिएको हो।

सरकारले बोर्ड अध्यक्ष ढुंगानालाई गत भदौ १६ गते निलम्बन गरेको थियो । सरकारले उनलाई निलम्बन गर्दै उनी माथि छानविन गर्न समिति समेत गठन गरेको हो । हाल समितिले उनी माथि छानविन गरिरहेको छ । कानून विपरित सर्वोतम सिमेन्टको सेयर आफ्नो भाई, बुहारी, तथा छोरीमा नाममा खरिद गरेको विषयमा छानबिन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?