४ आश्विन २०७८, सोमवार

इजिप्टका राष्ट्रपतिसँगको भेट फलदायी : इजरायली प्रधानमन्त्री

२०७८,भाद्र,२९,मंगलवार १३:४०


काठमाडौं । इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । प्रधानमन्त्री बेनेटले सोमबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेका थिए ।

उनीहरुबीच इजिप्टको सिनाइमा सो भेटवार्ता भएको थियो । उक्त वार्ता निकै नै उपलब्धीमूलक रहेको र यसबाट दुवै देशका बीचमा असल सम्बन्धको स्थापनाका लागि काम भएको प्रधानमन्त्री बेनेटले जानकारी दिए ।

प्रधानमन्त्री बेनेटले आफूले इजरायलको प्रधानमन्त्रीका रुपमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेर इजरायल र इजिप्टका बीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने काम गरेको बताएका इजरायली सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

इजिप्टको भ्रमण सकेर इजरायल फर्किएका प्रधानमन्त्री बेनेटको कार्यालयद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा सो कुरा जनाइएको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,भाद्र,२९,मंगलवार १३:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले

काबुल । अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण

काठमाडौं । बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार

ताजा समाचार