काठमाडौं । एसपी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयलले रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ । एसपी घिमिरेलाई काज सरुवामा रौतहट पठाइएको नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले लोकपथलाई जानकारी दिए ।
रौतहटमा गत साउन ३२ गते पत्रकार मोहम्मद मोजुबुल्लाहको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखी फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिएका थिए ।
उनी काठमाडौं तानिए लगत्तै रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया