पैसाको अभावले एक समय रेलमा गीत गाँउथे आयुष्मान खुराना, यसरी पाए बलिउडमा ब्रेक

लोकपथ
553
Shares

काठमाडौं । बलिउड इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउने अभिनेतामध्ये एक हुन् आयुष्मान खुराना । उनी आज आफ्नो ३७औं जन्मदिन मनाइरहेका छन् । उनी चण्डीगढमा १९८४ मा पंजाबी परिवारमा जन्मिएका थिए ।

रेडीयो र टिभी रियालिटी सोबाट आफ्नो करियर सुरू गरेका खुरानाले बलिउडसहित लाखौं मुटुहरुमा राज गरेका छन् । आज उनको जन्मदिनमा उनीसँग सम्बन्धित केही विशेष कुराहरु हामीले प्रस्तुत गर्न लागेका छौं ।

आयुष्मान खुराना

आयुष्मान खुराना कसरी भए स्टार ?

आफ्नो संघर्ष दिनहरुमा आयुष्मान एक कलेजका साथीहरुसँग गोवा गएका थिए । त्यतिबेला आयुष्मानसँग यात्रा गर्नका लागि पर्याप्त पैसा थिएन। यस कारण उनले त्यसबेला रेलमा एउटा गीत गाएर पैसा संकलन गरेका थिए । यसपछि उनी लगातार रेल मा गीत गाउन थालेका थिए । एंकर, गायक र अभिनेता आयुष्मानले १७ वर्षको उमेरमा इन्डस्ट्रमा प्रवेश गरेका थिए ।

आयुष्मान खुराना

उनी च्यानल वी म आउ ‘पपस्टा’ मा भाग लिने कान्छा प्रतियोगी थिए। फिल्ममा आउनुभन्दा पहिले आयुष्मानले रेडियोमा आरजेको रूपमा काम गर्थे। बिग एफएममा उनको शो’मान ना मान’, मैं तेरा आयुष्मानु सुपर हिट थियो । आयुष्मान खुराना एमटीभीको लोकप्रिय शो रोडिज जितेपछि चर्चामा आएका थिए । निर्देशक शुजित सरकारले उनलाई फिल्म जगतमा पहिलो ब्रेक दिएका थिए ।

२०१२ मा आयुष्मानले शुजितको सुपरहिट फिल्म’विक्की डोनरु बाट डेब्यू गरेका थिए । आयुष्मानको उक्त फिल्मको लागि धेरै पुरस्कारबाट सम्मानित गरियो। विक्की डोनरपछि आयुष्मानले नौटंकीसलाु,’बेवाकोफिया’, ‘हवाईजादा’ फिल्म गरे। यी फिल्महरु बक्स अफिसमा ठप्प भए। आयुष्मान खुरानाको फिल्म ‘दम लगाई हैशा’ २०१५ मा रिलिज भएको थियो। यस फिल्मपछि, आयुष्मानको क्यारियरले फेरि गति लेयो र उनले एकपछि एक हिट फिल्म दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?